समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक
राष्ट्रिय समाचार समिति

जेष्ठ १२, २०८३

काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चारवटा सहकारी संस्थाका ऋणीको नामावली सार्वजनिक गरेको हो ।

समितिले सोमबार सूचना जारी गर्दै सरकारबाट विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको नामावली सार्वजनिक गरेको हो ।

समितिको पछिल्लो निर्णयअनुसार उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो । साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका ऋणीलाई सप्रमाण कार्यालयमा उपस्थित हुन समितिले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

तोलामा एक हजार तीन सयले घट्यो

प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्नुहुँदै

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

बागमती प्रदेशसभाको बैठक बस्दै नीति कार्यक्रम प्रस्तुत हुँदै

बजार सुन्दर बनाउन राखिएका गमला अधिकांश भताभुङ्ग

विदाको दुई दिनमा चार लाख भक्तजन पुगे नृसिंहधाम

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति