पश्चिमीसहित स्थानीय वायुको प्रभाव तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा
सम्बाददाता

जेष्ठ १३, २०८३

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा मङ्गलबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा हुरीका साथमा वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।
कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेश हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा अपराह्नपछि हुरीको सम्भावना रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘मातृभूमिको माया विदेशमा रहनेलाई थाहा हुन्छ’

ढुंगा उत्खनन्ले गहिरिँदै खोला, बाढी र कटानको जोखिममा बस्ती र खेत

निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन

एशियन महिला छनोटमा चीनमाथि नेपालको जित

स्वास्थ्यमन्त्री मेहताको भुटानी समकक्षीसँग भेटवार्ता

क्यान्सर अस्पतालमा औषधि अभाव

पश्चिमीसहित स्थानीय वायुको प्रभाव तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

यो पनि पढ्नुहोस
सम्बाददाता