काठमाडौँ। भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भेटवार्ता भएको छ ।
स्वीट्जरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०को ७९औँ विश्व स्वास्थ्यसभामा मङ्गलबार उहाँहरुबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
भेटवार्तामा उहाँहरुबीच दुवै राष्ट्रले एकैखाले साझा स्वास्थ्य चुनौतीको सामाना गरिरहेकाले त्यसलाई समाधान गर्न पारस्परिक सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको थियो ।
भेटका क्रममा स्वास्थ्य क्षेत्रमा लचिलो, समावेशी र जनमुखी स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्ने विषयमा पनि उहाँहरुबीच छलफल भएको डा अधिकारीले बताउनुभयो ।
सो क्रममा उहाँहरुबीच दुई देशबीचको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन सहकार्य गर्ने विषयमा समझदारी भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।
यसअघि मन्त्री मेहताले सभामा भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0