एक पटक पुग्नै पर्ने धादिङको भैरवी मन्दिर
गंगा सुनार

जेष्ठ १४, २०८३

धादिङ । यदि तपाईं प्राकृतिक सुन्दरता र ऐतिहासिक ठाउँको खोजीमा हुनुहुन्छ भने धादिङको भैरवी मन्दिर एक पटक पुग्नै पर्ने पर्यटकीय स्थल हो । नीलकण्ठ नगरपालिका–६ मा रहेको यो मन्दिर विदाको समयमा घुम्न जाने सबैभन्दा उत्कृष्ट र नजिकको गन्तव्य बनेको छ । पहाडको अग्लो चुचुरोमा रहेको यो ठाउँबाट गणेश, मनास्लु र मानापाथी हिमाल आँखै अगाडि स्पष्ट देखिन्छन् । यही मनमोहक दृश्य र शीतल वातावरणका कारण भैरबी मन्दिर घुम्नै पर्ने सुन्दर स्थल बनेको हो ।
विशेषगरी युवापुस्ताका लागि फोटो र भिडियो खिच्ने सबैभन्दा आकर्षक केन्द्र हो । पृष्ठभूमीमा देखिने सुन्दर दृश्यलाई क्यामेरामा कैद गर्न र सामाजिक सञ्जालका लागि रिल्स तथा टिकटक बनाउन युवायुवतीको भीड नै लाग्ने गरेको छ । विद्यार्थीहरूका लागि यो ठाउँ प्राकृतिक सौन्दर्य नियाल्ने र ऐतिहासिक कुराहरू सिक्ने सबैभन्दा नजिकको शैक्षिक भ्रमण स्थल पनि हो । धादिङको पुरानो सदरमुकाम सुनौलाबजार नजिकै रहेकाले मन्दिरमा अचेल पदयात्रा र हाइकिङ गर्नेहरू पनि उत्तिकै आउने गर्छन् ।
भैरबी मन्दिर प्राकृतिक रूपमा जति सुन्दर छ, यसको इतिहास पनि उति नै रोचक छ । राजा राम शाहले विसं १६६६ मा स्थापना गरेको यो ऐतिहासिक शक्तिपीठमा राष्ट्र एकीकरणका क्रममा पृथ्वीनारायण शाहले समेत बास बसेर भाकल गरेको किम्वदन्ती छ । यहाँ बडादसैँ र चैते दसैँमा ठूलो मेला लाग्छ र बडादसैँको नवमीमा सुङ्गुुरको बलि दिने अनौठो परम्परा छ । यो ऐतिहासिक महत्व बुझ्न र दर्शन गर्न नेपालका विभिन्न जिल्ला तथा छिमेकी देश भारतबाट समेत पर्यटकहरू यहाँ आउने भैरवी मन्दिरमा गुठी व्यवस्थापन समितिका सचिव कृष्ण बहादुर श्रेष्ठले बताए ।
भूकम्पपछि अहिले यो मन्दिरलाई पुननिर्माण गरी भव्य बनाइएको छ । पर्यटकहरूको सुविधाका लागि मन्दिर परिसरमा खानेपानी, आधुनिक शौचालय, इन्टरनेट र सिसी क्यामेराको व्यवस्था गरिएको छ । सदरमुकाम धादिङबेसीबाट १८ किलोमिटरको सहज यात्रामा यहाँ पुग्न सकिन्छ । सुन्दर हिमाल हेर्न, ऐतिहासिक कुराहरू बुझ्न र विदाको दिन रमाइलो गर्न यो मन्दिर धादिङबेसीबाट नजिक रहेको सबैभन्दा उत्तम पर्यटकीय गन्तव्य हो ।
फोटो खिच्न र भिडियो बनाउन विभिन्न आकर्षक संरचनाहरु निर्माण गरिएको छ । धादिङको पर्यटन प्रवद्र्वनमा पनि भैरवी मन्दिरको महत्वपूर्ण भूमिका खलेको छ । विभिन्न सांस्कृतिक कार्यक्रम तथा धादिङ महोत्सवमा समेत यस मन्दिरको प्रचारप्रसार गरिदै आएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विदेशमा रहनुभएका नेपालीहरु नेपाल फर्कने तयारी गर्नुहोस् : सभामुख अर्याल

आज पनि घट्यो सुनचाँदीको मूल्य

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

एक पटक पुग्नै पर्ने धादिङको भैरवी मन्दिर

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

समतामूलक समृद्ध राज्य निर्माण नै गणतन्त्रको मूल मर्म र धर्म होः सचेतक परियार

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

यो पनि पढ्नुहोस
गंगा सुनार