विदेशमा रहनुभएका नेपालीहरु नेपाल फर्कने तयारी गर्नुहोस् : सभामुख अर्याल
पाविलन्युज

जेष्ठ १४, २०८३

धादिङ । सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहनुभएका नेपालीहरुलाई नेपाल फर्कने तयारी गर्न आग्रह गर्नुभएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महामहोत्सव अवलोकनमा पुग्नुभएका सभामुख अर्यालले समेद्ध देश निर्माणमा सरकार तल्लिन भएर अघि बढिरहेको भन्दै विदेशमा रहनुभएकाहरुलाई नेपाल फर्कने तयारी गर्न आग्रह गर्नुभएको हो ।पुरुषोत्तम महामहोत्सवस्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख अर्यालले भन्नुभयो, यो देश बन्द, यो देशमा समृद्धि आउछ, सुशासन कायम हुन्छ, यो देशमा भ्रष्टाचारको अन्त्य हुन्छ, “विदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरु नेपाल फर्कने तयारी गर्नुहोस् ।”

देशको संविधान र कानूनको पूर्ण पालना गरेर काम गर्न सके देश छिट्टै समृद्ध बन्ने उहाँले बताउनुभयो । समाजले चाहेको कुरा, देशले चाहेको कानून निर्माण गर्न आफ्नो तर्फबाट सयमा सय प्रतिशत काम गरिरहेकोले अबको केही वर्षमा जनताले परिवर्तनको महशुस गर्न पाउने सभामुख अर्यालले बताउनुभयो ।

नृसिंहधाममा संचालन भइरहेको पुरुषोत्तम महामहोत्सवमा व्यवस्थापनको कमजोरीबारे सामाजिक संजालहरुमा आएका नकारात्मक प्रचारबारे आफुले नजिकबाट नियालिरहेको बताउँदै उहाँले सानातिना कमीकमजोरीलाई सुधार गर्न सुझाव दिँदै राम्रा कुराहरुको प्रचारमा लाग्न सबैलाई आग्रह गर्नुभयो । पुरुषोत्तम महामहोत्सवस्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख अर्यालले भन्नुभयो, यो देश बन्द, यो देशमा समृद्धि आउछ, सुशासन कायम हुन्छ, यो देशमा भ्रष्टाचारको अन्त्य हुन्छ, “विदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरु नेपाल फर्कने तयारी गर्नुहोस् ।”

देशको संविधान र कानूनको पूर्ण पालना गरेर काम गर्न सके देश छिट्टै समृद्ध बन्ने उहाँले बताउनुभयो । समाजले चाहेको कुरा, देशले चाहेको कानून निर्माण गर्न आफ्नो तर्फबाट सयमा सय प्रतिशत काम गरिरहेकोले अबको केही वर्षमा जनताले परिवर्तनको महशुस गर्न पाउने सभामुख अर्यालले बताउनुभयो ।

नृसिंहधाममा संचालन भइरहेको पुरुषोत्तम महामहोत्सवमा व्यवस्थापनको कमजोरीबारे सामाजिक संजालहरुमा आएका नकारात्मक प्रचारबारे आफुले नजिकबाट नियालिरहेको बताउँदै उहाँले सानातिना कमीकमजोरीलाई सुधार गर्न सुझाव दिँदै राम्रा कुराहरुको प्रचारमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै सांसद बोधनारायण श्रेष्ठले महामहोत्सव स्थलमा खाना महंगो भयो, पानी पाइएन भन्ने गुनासो सुधार भइरहेकोले भक्तजनहरुले अब कुनै समस्या भोग्नु नपर्ने विश्वास व्यक्त गर्नुभयो । सामाजिक संजालमा लेखिएका र पोष्ट भएका भ्रामक कुराहरुलाई हेरेर जाउँकी नजाउँ भन्दै दुविधामा नपर्न र दर्शनका लागि ढुक्कसँग आउन आग्रह गर्नुभयो ।

बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थल नृसिंहधामलाई भगवान नृसिंहदेवको उद्गमस्थल हो ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विदेशमा रहनुभएका नेपालीहरु नेपाल फर्कने तयारी गर्नुहोस् : सभामुख अर्याल

आज पनि घट्यो सुनचाँदीको मूल्य

एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

एक पटक पुग्नै पर्ने धादिङको भैरवी मन्दिर

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

समतामूलक समृद्ध राज्य निर्माण नै गणतन्त्रको मूल मर्म र धर्म होः सचेतक परियार

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

यो पनि पढ्नुहोस
पाविलन्युज