काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ६०० र चाँदी रु १७५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ४० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८५ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८६५ कायम भएको थियो ।
गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ८० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0