गर्मी बढेसँगै मोहीको माग बढ्दो
राष्ट्रिय समाचार समिति

जेष्ठ १५, २०८३

चितवन। गर्मी समय बढेसँगै यहाँको बजारमा मोहीको माग अत्याधिक वढ्दै गएको छ । बजारमा पाइने अन्य पेयपदार्थको तुलनामा स्वस्थकर हुने भएकाले पछिल्लो समय मोही पिउने  सेवाग्राहीको सङ्ख्या वृद्धि भएको छ ।
पिठुवा डेरीका व्यवस्थापक गुणराज रेग्मी गत वर्षको तुलनामा यस वर्ष मोहीको माग बढेको बताउनुहुन्छ । उहाँले दैनिक १२० लिटर हाराहारी मोही बिक्री गर्दै आउनुभएको छ ।
हाल जिल्लामा सहकारी र निजी क्षेत्र गरी १४ वटा उत्पादकले मोही उत्पादन गरी बिक्री गर्दै आएका छन् । मोही उत्पादक बढे पनि माग पनि उत्तिकै रहेको उहाँले बताउनुभयो ।
पत्रकार राधेश्याम खतिवडा मोहीको तुलना अन्य पेयपदार्थसँग तुलना नहुने जनाउँदै मोही पिउनु स्वास्थ्यका लागि राम्रो हुने बताउनुहुन्छ । मोही उत्पादकलाई गुणस्तरमा ध्यान दिन र नियामक निकायलाई अनुगमन गर्न उहाँको सुझाव छ । सुरुआतमा केही सहकारी र निजी क्षेत्रले मोही उत्पादन गरेको भए पनि अहिले उत्पादन गर्ने उद्योग बढेका छन् । मोही बिक्री हुन मौसममा भर पर्ने उहाँको भनाइ छ ।
जिल्लामा दैनिक दुई हजार लिटर मोही बिक्री हुने गरेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेले बताउनुभयो । सात वटा सहकारी र सात वटा निजी डेरीले जिल्लामा मोही उत्पादन गरेर बजारमा ल्याउने गरेका छन् । उहाँले भन्नुभयो, “अहिले मोहीले बजारमा पाइने पेयपदार्थहरु कोक, फेन्टाहरुको बजारलाई विस्थापित गर्दै मोहीको प्रयोग बढेको छ ।”
किराना पसलदेखि हरेक पसलमा मोही बिक्री हुने गरेको छ । गर्मीमा बढ्दै जाँदा दिउँसो चियाको साटो पनि मोही पिउने गरेको पाइएको छ । जिल्लामा हुने ठूला भोज, भतेर तथा महत्वपूर्ण कार्यक्रममा मोहीको प्रयोग हुन थालेको छ । मोही प्रतिलिटर रु ७० मा पाइने र स्वास्थ्यका लागिसमेत फाइदाजनक हुने भएकाले माग बढेको उहाँको भनाइ छ ।
हरेक वर्ष फागुन महिनादेखि भदौसम्म मोहीको बिक्री  उल्लेखनीय रुपमा हुने गरेको छ । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । स्थानीय बजारमा ५० प्रतिशत दूध खपत हुँदै आएको छ भने अन्य जिल्ला जाने गरेकोछ । यहाँको बजारमा जाने दूधबाट मोही बनाएर बिक्री वितरण गर्ने गरिएको छ ।
दूधको खपत राम्रो भए पनि निजी क्षेत्रका उद्योगले दूधको भुक्तानी नदिँदा मोही उत्तम विकल्प बनेको उहाँले बताउनुभयो । चितवनमा उत्पादित मोही छिमेकी जिल्लाहरुमा समेत पुग्ने गरेको छ ।
अध्यक्ष बगालेका अनुसार, नवलपरासी, लमजुङ, गोरखा, मकवानपुरलगायत जिल्लामा यहाँको उत्पादन जाने गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट

सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री

गर्मी बढेसँगै मोहीको माग बढ्दो

देशभर ३२ हजार ३२५ सहकारी, शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड

बढ्यो सुनचाँदीको मूल्य

ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व सङ्कलन

न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली, सतर्कता अपनाउन आग्रह

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति