सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री
राष्ट्रिय समाचार समिति

जेष्ठ १५, २०८३

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्य सुरु गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा उहाँले आज आर्थिक वर्ष २०८३र८४ को आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्न सुरु गर्नुभएको हो ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्य स्वीकृत गरेको थियो ।
चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट विनियोजन गरिएको थियो । जसमा कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड, पूँजीगततर्फ रु ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन गरिएको थियो । यस्तै वित्तिय व्यवस्थातर्फ रु ३ खर्ब ७५ अर्ब २४ करोड बराबरको व्यवस्था गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट

सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री

गर्मी बढेसँगै मोहीको माग बढ्दो

देशभर ३२ हजार ३२५ सहकारी, शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड

बढ्यो सुनचाँदीको मूल्य

ट्राफिक कारबाहीमा १० लाख ७८ हजार राजस्व सङ्कलन

न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली, सतर्कता अपनाउन आग्रह

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति