महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध – प्रधानमन्त्री शाह
राष्ट्रिय समाचार समिति

जेष्ठ १६, २०८३

काठमाडौँ। प्रधान्द्रनमन्त्री वाले शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकलगायतका कुप्रथा तथा लैङ्गिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभएको छ । महिला अधिकारको संरक्षण र प्रवद्र्धनका लागि राज्य, समुदाय तथा सरोकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकामा उहाँले जोड दिनुभएको छ ।

प्रधानमन्त्रीले आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तीकरणमार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिँदै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसै अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला अधिकारको संरक्षण, लैङ्गिक समानता र सामाजिक रूपान्तरणका लागि राज्य, समुदाय तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

सन्देशमा उहाँले संविधानले सुनिश्चित गरेका महिला अधिकारलाई व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन गर्न सबै पक्षको प्रतिबद्धता र सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभएको छ । उहाँले महिला अधिकारको विषय केवल कानुनी व्यवस्था वा नीतिगत घोषणामा सीमित नभई सामाजिक व्यवहार, अवसरको समान पहुँच र सम्मानजनक सहभागितासँग जोडिएको विषय भएको बताउनुभएको छ ।

यस वर्ष राष्ट्रिय महिला अधिकार दिवस “महिला अधिकारको सम्मान .आत्मनिर्भरता र समृद्धिको अभियान” नाराका साथ मनाइँदैछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ’

विद्युत् खपत अभिवृद्धिका लागि प्रोत्साहन नीति ल्याउन अध्यक्ष घिसिङको सुझाव

नेपाल चिकित्सकहरुको सम्मेलन सुरु

एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन

लागुऔषधसहित विभिन्न स्थानबाट ३५ जना पक्राउ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध – प्रधानमन्त्री शाह

ट्राफिक कारबाहीमा छ लाख ४४ हजार राजस्व सङ्कलन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति