नेपाल चिकित्सकहरुको सम्मेलन सुरु
राष्ट्रिय समाचार समिति

जेष्ठ १६, २०८३

चितवन। नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स ‘एनएमए कन २०२६’ सुरु भएको छ । आइतबारसम्म सञ्चालन हुने सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सुरु भएको हो ।
सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा नेपालसहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरु, नर्स र स्वास्थ्यकर्मीहरु सहभागी हुनुभएको छ । यसैगरी, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरु कार्यक्रममा सहभागी हुनुभएको छ । साथै स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागी हुनुहुन्छ ।
सङ्घका चितवन जिल्ला सचिव डा महेन्द्र अग्रहरिका अनुसार प्यानल छलफल सुरु भएको छ । तीन वटा सभाकक्षमा छुट्टाछुट्टै छलफल भएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी, कार्यपत्र प्रस्तुतीकरण र रोगका बारेमा अनुसन्धात्मक कार्यप्रगति प्रस्तुतीकरण भइरहेका छन् । कार्यपत्र ४० र कार्यप्रगति ३० वटा रहेका छन् । आज बिहानदेखि प्राविधिक सत्र सुरु भएको सम्मेलनको आइतबार बिहान औपचारिक उद्घाटन कार्यक्रम हुनेछ ।
कार्यक्रममा देशभरबाट ३५० जना सहभागी छन् । सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको उहाँको भनाइ छ ।
हरेक दुई÷दुई वर्षमा हुँदै आएको यो कार्यक्रम बाह्र वर्ष यता तीनरतीन वर्षमा गर्न थालिएको छ । यस वर्षको सम्मेलनको मूल नारा ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ भन्ने रहेको छ । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौतीलाई समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर छलफल थालिएको छ ।
सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि र आविष्कारहरूलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित रहेर वैज्ञानिक सत्रहरु सुरु भएका छन् ।
कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटालगायत सरकारी निकायका अधिकारीहरु पनि सहभागी हुनुहुन्छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ’

विद्युत् खपत अभिवृद्धिका लागि प्रोत्साहन नीति ल्याउन अध्यक्ष घिसिङको सुझाव

नेपाल चिकित्सकहरुको सम्मेलन सुरु

एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन

लागुऔषधसहित विभिन्न स्थानबाट ३५ जना पक्राउ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध – प्रधानमन्त्री शाह

ट्राफिक कारबाहीमा छ लाख ४४ हजार राजस्व सङ्कलन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति