धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ४ ले असक्त नागरिकलाई टोलटोलमै पुगेर राष्ट्रिय परिचाय पत्र वितरण अभियान थालेको छ ।
असक्त, अपांग तथा जेष्ठ नागरिकहरुलाई टोलटोलमा पुगेर सेवा उपलव्ध गराउन थालेको हो ।
सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले थालिएको अभियानको स्थानीयले प्रशंसा गरेका छन् । घरदैलोमै सेवा पाएपछि जष्ठे नागरिक तथा असक्त व्यक्तिहरु खुसी भएका छन्
सार्वजनिक विदाको दिनलाई सदुपयोग गर्दै सेवाग्राहीको सहजताको लागि काम गरिरहेको वडाअध्यक्ष हरि श्रेष्ठले जानकारी दिए । आगामी दिनमा पनि नागारिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने कार्यमा सदैव काम गरिरहने वडाअध्यक्ष श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0