वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्यबराबरका सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएका छन् ।
गत आवको सोही अवधिको तुलनामा चालु आवको यो अवधिमा रु नौ अर्ब ६५ करोडले आयात बढेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार सवारीसाधन र पार्टपुर्जाको आयात बढेसँगै चालु आवको १० महिनामा रु २० अर्ब ५२ अर्ब राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु १६ अर्ब ६४ करोड राजस्व सङ्कलन भएको थियो ।
चालु आवको १० महिनामा रु एक अर्ब २५ करोड बराबरका सवारीसाधनको आयातबाट रु तीन अर्ब १७ करोड राजस्व सङ्कलन भएको छ । यसैगरी, रु सात अर्ब ३२ करोड बराबरका मूल्य पर्ने ५१ हजार ४२३ वटा ‘अन एसेम्बल्ड’ मोटरसाइकल आयातबाट रु सात अर्ब नौ अर्ब राजस्व असुली भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0