विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग
राष्ट्रिय समाचार समिति

जेष्ठ १७, २०८३

काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको आतङ्कबाट त्रसित नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरुले विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन, मानव–जङ्गली जनावर द्वन्द्व न्यूनीकरणमा विशेष योजना ल्याउन सरकारसँग माग गर्नुभयो ।
नेपाली कांग्रेसका सांसद जनकराज गिरीले यही जेठ १४ गते बाजुराको बूढीनन्दा नगरपालिकाका वडा नं १ का पार्तोला, मटेलालगायत वस्तीमा झण्डै ३०० रोपनी बगरमा परिणात भएको र ५० जनाको घरभित्र बाढी पस्दा सयौँ नागरिक खुला आकाशमुनि बस्न बाध्य जानकारी दिँदै तत्काल प्रभावित नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर बयकले कैलालीमा यही जेठ १४ गते आएको तीव्र हुरीले लम्कीचुहा नगरपालिकामा २५, जानकी गाउँपालिकामा ६ र बर्दगोरिया गाउँपालिका ५३ गरी ८४ घर तथा टिकापुरमा एक विद्यालयको छाना उठाएको जानकारी दिँदै विपद्पीडित नागरिकलाई तत्काल राहत दिन आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सांसद लक्ष्मीप्रसाद पोखरेलले जङ्गली बँदेलका आतङ्कका कारण दैलेखको भैरवी गाउँपालिकाका स्थानीय हैरान भएको जनाउँदै जङ्गली जनावर नियन्त्रण गरी किसानलाई राहत दिन माग गर्नुभयो ।
कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले मेची राजमार्गको दायाँबायाँ १५÷१५ मिटर क्षेत्रभित्रको संरचना खाली गराउनेसम्बन्धी सङ्घीय सडक सुपरिवेक्षण इलाम डिभिजन कार्यालयको सूचनाले सो क्षेत्रमा बसोबास गरिरहेका १५ लाखभन्दा बढी नागरिकलाई त्रसित बनाएको भन्दै सो नीति परिवर्तन गर्न सरकारको ध्यानकर्षण गराउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अफ्साना बानुले गत भदौ २४ गतेको घटनामा झुटा मुद्दा लगाएर कतिपय युवालाई फसाइएको र उनीहरुका परिवारजन माइतीघर मण्डलामा १८ दिनदेखि धर्नामा बसिरहेको सुनाउँदै उहाँहरुका माग सम्बोधन गर्न माग गर्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

असक्त नागरिकलाई टोलटोलमा पुगेर परिचाय पत्र वितरण

तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य

जुत्ताको टालाटुलीबाट बुनिएको सुनमादेवीको सुखद संसार

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति