शैक्षिक विकासको लागि बाल महोत्सव, आकर्षणको केन्द्र बन्यो अन्नले बनाइएको बुट्टा
पाविलन्युज

जेष्ठ १७, २०८३

धादिङ। विभिन्न पोसाकमा सजिएका सयौँ बालबालिकाहरू । कसैको हातमा आफैँले बनाएका विज्ञानका सामाग्री थिए । कोही मञ्चमा सानदार नृत्य देखाउँदै थिए । कोहीले मञ्चमा उभिएर निर्धक्क आफ्ना विचारहरू राखे । धादिङको थाक्रे गाउँपालिकामा आयोजित ‘प्रथम थाक्रे बाल महोत्सव’ को दृश्य निकै लोभलाग्दो देखिन्थ्यो ।

विद्यार्थीहरूले तयार पारेका विज्ञान प्रदर्शनी महोत्सवको आकर्षण बन्यो । महोत्सवमा सहभागी भएकी जनजागृति माविकी कक्षा १० मा अध्ययनरत प्रतिमा घलानले आफ्नो अनुभव सुनाउँदै भनिन्, “किताबमा पढेका कुरालाई आफैँले बनाएर देखाउन पाउँदा रमाइलो लाग्यो । यसले हाम्रो आँट र आत्मविश्वास धेरै बढाएको छ ।”

“हामीले कक्षाकोठामा पढेको विज्ञानको सिद्धान्तलाई प्रयोग गरेर देखायौँ । साथीहरू र अभिभावकले हाम्रो कामको प्रशंसा गर्दा छुट्टै रमाइलो हुने रहेछ”, विज्ञान प्रदर्शनीदेखि विभिन्न क्रियाकलापमा भाग लिनुभएकी कक्षा ८ मा अध्ययनरत रविना ठकुरीले सी सुनाइन् ।

महोत्सवमा थाक्रे गाउँपालिकाभित्रका कुल ४२ वटा विद्यालयबाट विद्यार्थीहरु सहभागी थिए । विद्यार्थीहरूले सुन्दर शैक्षिक मोडेलहरू आफ्नै हातले बनाएका थिए । स्थानीय अन्नबालीको प्रयोग गरेर नेपालको नक्सामाथि बनाइएको कलात्मक बुट्टा महोत्सवको आकर्षणको केन्द्र बन्यो । विभिन्न जातजातिका पहिचान झल्कने सांस्कृतिक प्रस्तुतिहरूले महोत्सवलाई थप आकर्षक बनाएको अभिभावकहरुले प्रतिकृया दिए । महोत्सवमा उपस्थित अभिभावकहरूले बालबालिकाको क्षमता विकास र सिर्जनशील शिक्षाको लागि बालबालिकालाई यस्ता अवसरहरू निरन्तर दिनुपर्ने बताए ।

बालबालिकाको सोच्ने शैलीलाई नयाँ उचाइ दिन र सिर्जनशीलताको विकास गर्न यो महोत्सवले बलियो जग बसालेको गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले बताउनुभयो । विद्यालयमा मात्र सीमित शिक्षालाई व्यावहारिक रूप दिन महोत्सवले ठुलो मद्दत पु¥याएको र थाक्रेका बालबालिकालाई नयाँ कुरा सिक्ने र सिकाउने राम्रो अवसर मिलेको उहाँको भनाई छ ।

महोत्सवले बालबालिकाको नेतृत्व लिन सक्ने आँट र व्यावहारिक शिक्षाको प्रवद्र्धनमा सहयोग पुगेको छ । महोत्सवको महत्वबारे प्रस्ट पार्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले भन्नुभयो, “हामी हाम्रा बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित राख्न हुँदैन । उनीहरूले समाज र संसारलाई बुझून्, आफ्नो प्रतिभा चिनून् र भोलि समाजको नेतृत्व गर्न सकून् भन्ने नै हाम्रो मुख्य चाहना हुनुपर्छ ।” बाल महोत्सवले बालबालिकाको चौतर्फी विकासका लागि सुनौलो बाटो देखाएको उहाँले बताउनुभयो ।

जेठ १६ र १७ गते दुई दिन संचालन भएको बाल महोत्सवमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत पनि गरेको छ । विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी र उनीहरू आबद्ध विद्यालयलाई पुरस्कार वितरण गरिएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

शैक्षिक विकासको लागि बाल महोत्सव, आकर्षणको केन्द्र बन्यो अन्नले बनाइएको बुट्टा

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

दश महिनामा एकतिस अर्ब एकतिस करोडका सवारीसाधन आयात

असक्त नागरिकलाई टोलटोलमा पुगेर परिचाय पत्र वितरण

तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य

यो पनि पढ्नुहोस
पाविलन्युज