देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना
राष्ट्रिय समाचार समिति

जेष्ठ १८, २०८३

काठमाडौँ। आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ ।

आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ- सभामुख अर्याल

अमेरिका–नेपाल साझेदारी विस्तारमा जोड

नीलकण्ठ–८ की बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

सरकारी कामकाजमा रैथाने भाषा कार्यान्वयनका लागि प्रशिक्षण

देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

शैक्षिक विकासको लागि बाल महोत्सव, आकर्षणको केन्द्र बन्यो अन्नले बनाइएको बुट्टा

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति