धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–८ कुमालगाउँकी बालिका प्रतिक्षा कुमाल आइतबार दिउँसोबाट सम्पर्कविहिन बनेकी छिन् ।
स्थानीय रत्नदेवी आधारभुत विद्यालयको कक्षा ७ मा अध्ययनरत बालिका आइतबार दिउँसो १२ बजेदेखि घर परिवारको सम्पर्कमा नआएकी हुन् ।
विद्यालयको लागि चाहिने रेडक्रसको सामान किन्न धादिङबेसी बजार जान्छु भनेर घरबाट निस्किएकी बालिका घर नफर्किएको उनका बुबा डल्ले कुमालले बताए । बुबा डल्ले र आमा सीता कुमाल अहिले छोरीको खोजीमा हिँडिरहेका छन् ।
दुई सय पचास रुपैंया लिएर बजार जान भन्दै घरबाट निस्किएकी छोरी नफर्किएपछि चिन्तित बनेका अभिभावक छोरीको खोजीका लागि हारगुहार गरिरहेका छन् । कहिकतै देखियो र भेटियो भने नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0