‘रञ्जना लिपि’ लेखन प्रशिक्षण
राष्ट्रिय समाचार समिति

जेष्ठ १९, २०८३

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ‘रञ्जना लिपि’ को राष्ट्रिय पहिचानलाई अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्न रञ्जना लिपि लेखन प्रशिक्षण सुरु गरेको छ ।

नेपाल लिपि, रञ्जना लिपि, अङ्क लिपि लेखन सीप (क्यालिग्राफी) र हस्तलिखित लिपिको अध्ययन प्रशिक्षणको मुख्य विषय रहेको कामपाको भनाइ छ ।

कामपा वडा नं १७ ले स्थानीय वडावासीलाई रञ्जना लिपिका लेखन प्रशिक्षण कक्षा ठँहिटीमा हरेक दिन बेलुका ५ः३० बजेदेखि सुरु हुन्छ । त्यस कक्षामा ३० जना प्रशिक्षार्थीको सहभागीता छ ।

स्थानीयलाई लिपि लेखनमा प्रोत्साहन गर्न वडाध्यक्ष एवं कामपाका प्रवक्ता नवीन मानन्धर स्वयम् हरेक दिन कक्षामा आउने र सिकाइ क्रियाकलापमा सहभागी हुने गरिरहनुभएको छ ।

यस क्रममा उहाँले भन्नुभयो, “नेपाल भाषा हाम्रो प्रदेशको कामकाजी भाषा हो । रञ्जना लिपि अन्तरराष्ट्रियस्तरमा नेपालको मौलिकता चिनाउने मानक हो । कामकाजी भाषाको प्रवद्र्धन र मौलिक लिपिको संरक्षण गर्न हामीले प्रशिक्षण थालेका हौँ । यो लिपि केवल अक्षर मात्र होइन । अक्षर कला पनि हो ।”

प्रशिक्षणको चाखलाग्दो विषयमा कुरा गर्दै प्रवक्ता मानन्धरले भन्नुभयो, “सात वर्षका बालबालिकादेखि ६० वर्ष उमेरका व्यक्तिहरु एउटै कक्षामा हुनुहुन्छ । उहाँहरुलाई सिकाउँदा उमेर वा अन्य कुनै कारणले असजिलो छैन । भाषा तथा लिपिको उत्थान गर्ने उद्देश्यले प्रशिक्षण चलाएका हौँ ।”

“नेपाल लिपि र नेपाल संवत् देशकै नाममा विकसित भएका मौलिक पहिचान हुन् । संयुक्त राष्ट्र सङ्घमा नेपाललाई छुट्टै राज्यका रुपमा मान्यता दिलाउन नेपालमा नै विकास भएको रञ्जना लिपिलाई आफ्नो लिपिका रुपमा पेस गरिएको थियो । यस्ता इतिहास बचाउन अहिले थालिएको प्रशिक्षणको ठूलो योगदान हुनेछ ।” प्रवक्ता मानन्धरले भन्नुभयो ।

प्रशिक्षणमा नेपाल लिपि, रञ्जना लिपि, अङ्क, लिपि लेखन सीप (क्यालिग्राफी) सिकाइँदैछ । ‘नेपाल भाषा र रञ्जना लिपिमा १३ स्वर वर्ण हुन्छन् । व्यञ्जन वर्ण ४१ वटा हुन्छन् । नेपालमा लुम्बिनीको अशोक स्तम्भमा लेखिएको लिपिलाई पहिलो लिपिका रूपमा मानिन्छ । नवौँ शताब्दीमा नेपाल लिपिको सुरुआत नेपालमा नै भएको हो । १३ औँ शताब्दीलाई यसको महत्वपूर्ण विकास भएको पाइन्छ ।

प्रविधि आएसँगै २०७३ सालदेखि यसलाई युनिकोडमा प्रयोग गर्न थालिएको छ । प्रविधिमार्फत भाषानुवाद गरेर

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

सामुदायिक विद्यालय गौरव र पहिचान हुन् : मन्त्री बादे

नीलकण्ठ बालमन्दिर माविले बनायो ५२औं वाषिकोत्सव

सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै

अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम

प्रहरी कारबाहीबाट राजस्व सङ्कलन

सभापति लामिछाने र भाजपा अध्यक्ष नबिनबीच भेटवार्ता हुँदै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति