धादिङ । सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयले मंगलबार ५२औं वार्षिकोत्सव मनाएको छ ।
विद्यालयहरुबीच जिल्ला स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता, विद्यार्थोेहरुबीच मौलिक भेषभुषासहित गीत तथा नृत्य प्रस्तुती र खाना महोत्सव गर्दै वार्षिकोत्सव मनाएको हो ।
विज्ञान प्रदर्शनीमा पशुपति माध्यमिक विद्यालय प्रथम, बागेश्वरी माध्यमिक विद्यालय द्धितीय र सुनौलो भैरवी माध्यमिक विद्यालय तृतीय भएका छन् । प्रतियोगितामा विजयी विद्यालय र विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।
विद्यार्थीहरुको पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउने उद्देश्यले वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई नै धेरै भन्दा धेरै सहभागी गराएर अतिरिक्त क्रियाकलाप गराइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोइरालाले बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0




