सामुदायिक विद्यालय गौरव र पहिचान हुन् : मन्त्री बादे
गंगा सुनार

जेष्ठ १९, २०८३

धादिङ । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादेले सामुदायिक विद्यालयहरू देशको पहिचान र गौरव भएको बताउनुभएको छ ।

धादिङबेसीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयको ५२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बादेले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू नै आज देशका ठूला र उच्च ओहोदामा पुग्न सफल भएको उल्लेख गर्नुभयो ।

सामुदायिक विद्यालयका विद्यार्थीहरू सक्षम, सबल र अब्बल छन् भन्ने कुरालाई उनीहरूको सफलता र समाजमा पु¥याएको योगदानले नै प्रमाणित गरिसकेको दाबी गर्नुभयो ।

विद्यालयलाई विद्यार्थीको भविष्य निर्माण गर्ने स्थल रहेको भन्दै मन्त्री बादेले विद्यार्थीको लगनशीलता, निरन्तरको परिश्रम र मेहनत नै विद्यालयको वास्तविक गहना भएको बताउनुभयो ।

नीलकण्ठ बालमन्दिर मावि बागमती प्रदेशको उत्कृष्ट सामुदायिक विद्यालयहरूमध्ये एक बन्न सफल भएको र एसओएस सर्टिफाइड विद्यालयको रूपमा स्थापित भएकोमा विद्यालयको प्रशंसा समेत गर्नुभयो । शिक्षकहरूको अहोरात्रको मेहनत र लगावकै कारण विद्यार्थीहरूको पठनसीप विकास उत्कृष्ट र अब्बल बन्न सकेको भन्दै उहाँले शिक्षकहरूको योगदानको कदरयोग्य रहेको बताउनुभयो ।

सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र समग्र सुधारका लागि प्रदेश सरकार सदैव प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । विद्यालयहरूमा दरबन्दी मिलान, भौतिक पूर्वाधारको विकास तथा अध्यापन गराउने शिक्षकहरूका समसामयिक विषय र समस्याहरूलाई मन्त्रालयले नजिकबाट नियालिरहेको र सोही अनुरूप योजनाबद्ध ढंगले काम अगाडि बढाइरहेको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

सामुदायिक विद्यालय गौरव र पहिचान हुन् : मन्त्री बादे

नीलकण्ठ बालमन्दिर माविले बनायो ५२औं वाषिकोत्सव

सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै

अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम

प्रहरी कारबाहीबाट राजस्व सङ्कलन

सभापति लामिछाने र भाजपा अध्यक्ष नबिनबीच भेटवार्ता हुँदै

यो पनि पढ्नुहोस
गंगा सुनार