अमेरिकी हमलापछि इरानले हान्यो कुवेत र बहराइनमा मिसाइल
सम्बाददाता

जेठ २०, २०८३

काठमाडौं । अमेरिका र इरानबीच जारी युद्धविरामबीच तनाव सुरू भएको छ । युद्ध अन्त्यबारे वार्ता जारी भइरहेका बेला दुई देशले एक अर्कामाथि हमला गरेको खबरहरु सार्वजनिक भएका छन् ।

बुधबार अमेरिकाले हर्मुज नजिकै केशम टापुमा हमला गरेपछि इरानले कुवेत र बहराइनमा रहेको अमेरिकी सैन्य अड्डालाई लक्ष्य बनाएर हमला गरेको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसले जनाएको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमान्डले आत्मरक्षाका लागि केश्म टापुस्थित एक इरानी सैन्य ‘ग्राउन्ड कन्ट्रोल स्टेसन’ मा आक्रमण गरेको जनाएको छ । उक्त स्थानमा नुनिलो पानीलाई पिउन योग्य बनाउने प्लान्ट रहेको बताइएको छ ।

No data was found

अल जजिराले भने इस्लामिक रिभोलुसनरी गार्ड कोर्सलाई उद्धृत गर्दै अमेरिकी सेनाले होर्मुज नजिक एउटा इरानी तेल ट्यांकरमाथि आक्रमण गरी इन्जिन कक्षमा क्षति पु¥याएपछि तनाव बढेको जनाएको छ ।

त्यसपछि इरानले अमेरिकी–इजरायली जहाजमाथि नौसैनिक मिसाइल प्रहार गरेको थियो ।

त्यसलगत्तै अमेरिकी सेनाले केश्म टापुको दक्षिण क्षेत्रमा रहेको आईआरजीसीको सञ्चार टावरलाई निशाना बनाएको र त्यसको प्रतिक्रियामा इरानले मिसाइल तथा ड्रोनमार्फत अमेरिकी सैन्य अड्डा, बहराइनस्थित अमेरिकी फिफ्थ फ्लिटको मुख्यालय र कम्तिमा एउटा हेलिकप्टरमाथि आक्रमण गरेको दाबी गरेको छ ।

तर सेन्टकमले भने आइआरजिसीको उक्त दाबीलाई अस्वीकार गरेको छ । यद्यपि इरानबाट हमला भएको भने उसले पनि स्वीकार गरेको छ । ती सबै हमलाहरूलाई असफल पारिएको उसले बताएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

यो पनि पढ्नुहोस
सम्बाददाता