धादिङ । धादिङका अग्रज स्वर्गीय पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण अनावरण गरिएको छ । नेपाल पत्रकार महासंघ धादिङले महासंघका संस्थापक सचिव एवं पूर्व अध्यक्ष समेत रहेका शाहको अर्धकद शालिक अनावरण हो ।
वि.सं. २०१८ बैशाखमा धादिङको ज्वालामुखी गाउँपालिका-३, साविकको मैदीमा जन्मिएका शाहले गोरखापत्र, कान्तिपुर दैनिक, हिमालय टाइम्स लगाएतका विभिन्न छापामा काम गरेका थिए ।
धादिङकै पहिलो फोटो पत्रकारको रुपमा समेत चिनिने पत्रकार शाह पछिल्लो समय पिजन खबर डटकमको प्रवन्ध निर्देशकको रुपममा कार्यरत थिए । पत्रकार राजेन्द्रप्रताप शाहको २०७८ चैत २ गते राती निधन भएको थियो ।
शालिक अनावरणपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बोधनारायण श्रेष्ठले स्वर्गीय पत्रकार शाहको विगतबारे स्मरण गरेका गरे । शाहले समाजमा पुर्याउनुभएको योगदानबारे चर्चा गरे । सांसद श्रेष्ठ र स्वर्गीय पत्रकार शाह एउटै पालिकाका स्थानीय हुन् ।
यस अघि महासंघका संस्थापक अध्यक्ष स्वर्गीय सीतारम प्रसाद वर्माको शालिक अनावरण गरिसकिएको थियो । वर्माकै शालिक भएको स्थानमा शाहको शालिक थप गरिएको हो ।
तस्बिरमा हेर्नुहोस् शालिक अनावरण..






