पत्रकार महासंघ धादिङका संस्थापकहरु सम्मानित
सम्झना श्रेष्ठ

जेष्ठ २०, २०८३

धादिङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले संस्थापक पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ ।

महासंघले आफ्नो २४औं साधारणसभाको अवसरमा संस्थापक उपसभापति बासु तिमल्सिना, कोषाध्यक्ष लक्ष्मी कट्टेल, सदस्यहरु मोहन कुमार श्रेष्ठ, नबिनबन्धु पहाडी र उत्तम कँडेललाई सम्मान गरेको हो ।

जिल्लामा व्यावसायिक पत्रकारिताको जग बसाल्न र श्रमजीवी पत्रकारहरूको हकहितका लागि सुरुवाती दिनमा संघर्ष गर्ने अग्रजहरूको योगदानलाई कदर गर्दै सम्मान गरिएको महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले बताउनुभयो ।

विगतमा अग्रजहरूले गरेको त्याग र समर्पणको संस्मरण गर्दै पुराना पुस्ताको अनुभव र योगदानलाई सम्मान गर्दा नयाँ पुस्तामा आफ्नो पेसा र संस्थाप्रति थप गौरवबोध हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मानित हुनुभएका संस्थापक उपसभापति बासु तिमल्सिनाले विगतका कठिन दिनहरूमा स्रोत र साधनको अभावका बीच पनि जिल्लामा पत्रकारिताको जग बसाल्न आफूहरूले गरेको संघर्षको स्मरण गर्नुभयो ।

संस्थाले आफ्नो विगतलाई नबिर्सीकन पुराना सहयात्रीहरूलाई सम्झिएकोमा आभार प्रकट गर्नुभयो । सम्मानले आफूलाई अझै पनि समाज र पत्रकारिता क्षेत्रप्रति जिम्मेवार रहेको महसुस गराएको उहाँको भनाई थियो । नयाँ पुस्ताका पत्रकारहरूलाई व्यावसायिक मर्यादासहित सत्य र तथ्यको जगमा उभिएर पत्रकारिता गर्न समेत आग्रह गर्नुभयो ।

हेर्नुहोस् तस्बिरहरु

 

 

 

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा यादव र भण्डारीसँग सुझाव सङ्कलन

सगरमाथामा पाँच दिनदेखि बेपत्ता शेर्पाको उद्धार

दलित समुदायका लागि धादिङमा छुट्टै ‘कानूनी सहायता कक्ष’

विद्युत् प्राधिकरणको पुन संरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

यो पनि पढ्नुहोस
सम्झना श्रेष्ठ