धादिङ । धादिङ जिल्लामा क्रियाशिल पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएका छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङ र नेपाल पत्रकार महासंघ धादिङको सहकार्यमा जिल्लामा कार्यरत पत्रकारहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।
महासंघकोे २४औं साधारणसभाको अवसरमा कार्यक्रम स्थलमै गई ब्लड सुगर, युरिक एसिड, लिभर फङ्सन टेस्ट, किड्नीको फङ्सन र हेमोग्लोविन परिक्षण गरिएको छ । उमेर अनुसार उचाई र तौल परिक्षण गरी आवश्यक सल्लाह दिइएको छ ।
चिकित्सालयले ठाउँठाउँमा पुगेर शिविर संचालन गर्ने, निशुल्क स्वास्थ्य परिक्षण गर्ने, आयुर्वेद चिकित्सालय र आयुर्वेदिक उपचारबारे सचेतना कार्यक्रम गर्दै आएको चिकित्सालय धादिङका प्रमुख डा।मनोज कुमार चौधरीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0