तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो
राष्ट्रिय समाचार समिति

जेठ २०, २०८३

काठमाडौँ। नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन अघिसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम आज बढेर ४१ डिग्रीसम्म पुगेको छ ।

विभागका मौसमविद् सरोज पुडासैनीले विस्तारै तापक्रम वृद्धिकै चरणमा रहेको जानकारी दिँदै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको जानकारी दिनुभयो ।

विभागमा अहिले राति प्राप्त तापक्रम मापनअनुसार आज सबैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री पुगेको छ ।

यस्तै नेपालगञ्जमा ३९।५ र जनकपुरमा ३८।२ डिग्री तापक्रम मापन भएको छ । यस्तै सिमरामा पनि ३८।२, धनगढीमा ३८।१, चन्द्रगढीमा ३६।९, धरानमा ३६।५ र विराटनगरमा ३६।१ डिग्री तापक्रम मापन भएको छ ।

यस्तै काठमाडौँमा पनि केही दिन अघि २५ डिग्रीमा झरेको तापक्रम आज बढेर ३०।६ डिग्री मापन भएको छ ।

हाल नेपालको पश्चिम भू–भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

भोलि बिहीबार देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू–भागमा आंशिक बादल लाग्ने छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको जनाइएको छ ।

मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

अभिलेख अनुसार आज कतैकतै वर्षा भएको र यो क्रम भने जारी नै रहने छ । आज काठमाडौँसहित केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

गणित शिक्षा परिषद धादिङको अध्यक्षमा उत्तम भट्ट चयन, गणितलाई व्यवहारिक बनाउने उद्घोष

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री डा तिमिल्सिना

चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

आजको मौसम कोशीमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति