चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा
राष्ट्रिय समाचार समिति

जेष्ठ २१, २०८३

काठमाडौँ। यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको लाइसेन्स० परीक्षाको नतिजामा ६६ दशमलव ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र ९लाइसेन्स० परीक्षा  जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरिएको थियो । ६९औँ चिकित्सक लाइसेन्स परीक्षामा यसवर्ष दुई हजार २६३ परीक्षार्थी परीक्षामा सामेल भएकामध्ये एक हजार ५१५ जना मात्र उत्तीर्ण भएका हुन् । नेपाल मेडिकल काउन्सिलले नेपाली मेडिकल कलेजबाट अध्ययन गरेका विद्यार्थीको उत्तीर्ण दर उल्लेखनीय भएको जनाएको छ । विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी अनुत्तीर्ण भएको काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले बताउनुभयो ।
एमबीबीएसतर्फ नेपालका मेडिकल कलेजबाट सहभागी एक हजार २५४ परीक्षार्थीमध्ये ९६३ जना अर्थात् ७६ दशमलव ७९ प्रतिशत उत्तीर्ण भएका छन् ।
चीनबाट अध्ययन गरी आएका १३३ मध्ये २० जना अर्थात् १५ दशमलव ०४ प्रतिशत  बङ्गलादेशबाट अध्ययन गरेका ३६७ जनामध्ये १५१ जना अर्थात् ४१ दशमलव १४ प्रतिशत, भारतबाट एमबीबीएस अध्ययन गरेका परीक्षार्थीको उत्तीर्ण प्रतिशत ४२ दशमलव ३१  छ भने फिलिपिन्सबाट अध्ययन गरेका परीक्षार्थीमध्ये २८ दशमलव ५७ प्रतिशत  सफल भएका छन् ।
 इजिप्ट, कीर्गिस्तान, रुस तथा युक्रेनबाट अध्ययन गरी आएका परीक्षार्थीमध्ये यसपटक कोही उत्तीर्ण हुन सकेनन् । बीडीएसतर्फ स्वदेशी कलेजकै नतिजा उत्कृष्ट देखिएको छ । नेपालका कलेजबाट सहभागी ४०० परीक्षार्थीमध्ये ३४३ जना अर्थात् ८५ दशमलव ७५ प्रतिशत उत्तीर्ण भएका छन् । भारतबाट बिडिएस अध्ययन गरी आएका १७ मध्ये एक जना मात्रै सफल भएका छन् ।
नतिजाअनुसार एमबीबीएसतर्फ चितवन मेडिकल कलेज ९३ दशमलव १० प्रतिशत नतिजासहित उत्कृष्ट बनेको छ भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ९२ दशमलव २१ प्रतिशत तथा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका ९१ दशमलव ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बिडिएसतर्फ गण्डकी मेडिकल कलेजका शतप्रतिशत विद्यार्थी सफल भएका छन् ।
विदेशबाट अध्ययन गरी आएका परीक्षार्थीको नतिजा कमजोर आउनुको मुख्य कारण भाषागत अवरोध तथा पाठ्यक्रमको भिन्नता रहेको काउन्सिलका निमित्त रजिष्ट्रार डा पाण्डेले बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा यादव र भण्डारीसँग सुझाव सङ्कलन

सगरमाथामा पाँच दिनदेखि बेपत्ता शेर्पाको उद्धार

दलित समुदायका लागि धादिङमा छुट्टै ‘कानूनी सहायता कक्ष’

विद्युत् प्राधिकरणको पुन संरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति