विद्युत् प्राधिकरणको पुन संरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
राष्ट्रिय समाचार समिति

जेष्ठ २१, २०८३

काठमाडौँ। सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घले नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचना गर्दा स्थानीय सरकार र समुदायको भूमिका सुनिश्चित गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले आज विज्ञप्ति जारी गरी प्राधिकरणको पुनःसंरचना गर्दा स्थानीय सरकार र समुदायको भूमिका सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
उहाँले विद्युत् वितरण प्रणालीलाई चुस्त बनाउन, चुहावट नियन्त्रण गर्न र सेवालाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने उल्लेख गर्नुभयो । “विद्युत् वितरण व्यवस्थापनमा स्थानीय सरकार र सामुदायिक संस्थाको सक्रिय सहभागिता भएमा मात्र सेवा प्रवाह छिटोछरितो र जवाफदेही बन्न सक्छ”, अध्यक्ष ज्ञवालीले भन्नुभयो ।
महासङ्घले ५० युनिटभन्दा बढी खपत गर्ने उपभोक्तामाथि लगाइएको पाँच प्रतिशत भ्याट तत्काल फिर्ता लिनुपर्ने, विद्युत् महसुल दरलाई वैज्ञानिक, व्यावहारिक र समुदायमैत्री बनाउन पुनरावलोकन गर्नुपर्ने, कृषि, सिँचाइ र उद्योगमा विद्युत् खपत बढाउन विशेष सहुलियत प्याकेज ल्याउनुपर्ने मागसमेत गरेको छ । नेपालमा हाल करिब चार हजार ९०० मेगावाट विद्युत् उत्पादन क्षमता पुगेको सन्दर्भमा स्वदेशमा खपत बढाउनु आवश्यक रहेको महासङ्घले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा यादव र भण्डारीसँग सुझाव सङ्कलन

सगरमाथामा पाँच दिनदेखि बेपत्ता शेर्पाको उद्धार

दलित समुदायका लागि धादिङमा छुट्टै ‘कानूनी सहायता कक्ष’

विद्युत् प्राधिकरणको पुन संरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति