सगरमाथामा पाँच दिनदेखि बेपत्ता शेर्पाको उद्धार
राष्ट्रिय समाचार समिति

जेष्ठ २१, २०८३

काठमाडौँ। सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा शेर्पाको जीवितै उद्धार गरिएको छ । यही जेठ १६ गतेदेखि बेपत्ता भएका आरोहण दलका सहयोगी शेर्पालाई पाँच दिनपछि आज जीवितै उद्धार गरेर काठमाडौँ ल्याइएको हो ।
पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले जेठ १६ गतेदेखि बेपत्ता शेर्पाको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीले सगरमाथा आधार शिविर नजिकैको ‘क्र्याम्पोन पोइन्ट’मा फेला पारेका जानकारी दिनुभयो । बेपत्ता शेर्पालाई समितिका कर्मचारीले ‘क्र्याम्पोन पोइन्ट’बाट बोकेर गोरकशेपसम्म ल्याएका थिए ।
गोरकशेपबाट भने अल्टिच्युड एयरको हेलिकप्टरबाट काठमाडौँको ह्याम्स अस्पतालमा ल्याएर उपचार भइरहेको सूचना अधिकारी गौतमले बताउनुभयो । विभागले खोजी कार्यमा सहयोग गर्ने सम्बन्धित एजेन्सी, सरोकार भएका निकाय र उद्धारमा संलग्न सबैलाई धन्यवाद दिँदै शेर्पाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
ओखलढुङ्गाका शेर्पा ‘एट के इन्टरनेशनल एभरेष्ट एक्सपिडिसन स्प्रिङ टिम ए’ का तर्फबाट सहयोगी कामदारका रूपमा आरोहणमा संलग्न रहँदै आएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा यादव र भण्डारीसँग सुझाव सङ्कलन

सगरमाथामा पाँच दिनदेखि बेपत्ता शेर्पाको उद्धार

दलित समुदायका लागि धादिङमा छुट्टै ‘कानूनी सहायता कक्ष’

विद्युत् प्राधिकरणको पुन संरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति