नीलकण्ठ क्याम्पसका युथ रेडक्रस सर्कलद्धारा धादिङबेसीमा सचेतना र्‍याली
करिश्मा परियार

जेष्ठ २२, २०८३

धादिङ । विश्व वातावरण दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी युथ रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पसले धादिङबेसीमा सचेतना र्‍याली निकालेको छ ।

वातावरण संरक्षण, स्वच्छता तथा हरित जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले क्याम्पसका विद्यार्थी, शिक्षक तथा रेडक्रस सर्कलका सदस्यहरूले र्‍याली निकालेका हुन् ।

विभिन्न चेतनामूलक नारासहित निकालिएको ¥याली पश्चात विपि पार्क र नीलकण्ठ बहुमुखी क्याम्पस परिसरमा सरसफाई गरिएको छ ।
र्‍यालीमा सहभागीहरूले वातावरण संरक्षण प्रत्येक नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सफा र स्वच्छ वातावरण निर्माणका लागि निरन्तर चेतनामूलक कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसका अध्यक्ष सन्दिप रिजालले मानव लापरबाही र बेवास्ताका कारण वातावरणमा नकारात्मक असर परिरहेकोले वातावरण र प्रकृतिको संरक्षणमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नीलकण्ठ नगरपालिकाद्वारा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई

सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता

धादिङपोष्टले ल्यायो ‘धादिङ चिनारी’ स्मारिका

नीलकण्ठ क्याम्पसका युथ रेडक्रस सर्कलद्धारा धादिङबेसीमा सचेतना र्‍याली

‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हो- राष्ट्रपति पौडेल

सुनचाँदीको मूल्य केही घट्यो

यो पनि पढ्नुहोस
करिश्मा परियार