मधेश प्रदेशमा काँडेभ्याकुर
राष्ट्रिय समाचार समिति

जेष्ठ २४, २०८३

काठमाडौँ। नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला परेको छ । समुद्री सतहदेखि चार सय ४३ मिटरको उचाइमा रहेको चुरे वन क्षेत्रपर्ने बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को दुधौरा खोला नजिकै उक्त चरा फेला परेको हो ।
चराविद् हठन चौधरी र सुरज बरालले चरा अवलोकनका क्रममा यही जेठ २१ गते दुधौरा खोलाको पूर्वी शाखा खोला किनारमा यस चराको अभिलेख गर्नुभएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ ।
चरा अवलोकनका क्रममा वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी आंशिष पन्त, सुमीसिंह ठकुरी र निश्चल पोखरेल पनि सहभागी हुनुहुन्थ्यो । उचाइका दृष्टिकोणले यो हालसम्मकै सबैभन्दा कम उचाइमा काँडेभ्याकुरकोे पहिलो अभिलेख गरिएको हो ।
नेपाल पन्छीविद् सङ्घ र मिथिला ‘वाइल्डलाइफ ट्रस्ट’को संयुक्त सहकार्यमा हाल मधेस प्रदेशका आठवटै जिल्लामा चरा सर्वेक्षणको काम भइरहेको छ । पहिलो चरणको सर्वेक्षण जाडोयामलाई लक्षित गरी गत माघ–फागुनमा गरिएको थियो भने दोस्रो चरणमा गर्मीयाम लक्षित सर्वेक्षण हाल यही जेठ १८ गतेदेखि सुरु गरिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागको अनुमतिमा पर्सा राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र मधेस प्रदेशका आठै जिल्लाका डिभिजन वन कार्यालयहरूसँग समन्वय गरी सर्वेक्षण सुरु भएको जनाइएको छ ।
काँडेभ्याकुर नेपालमा मात्र पाइने रैथाने चरा हो । प्रायः पहाडी क्षेत्रमा बढी पाइने यो चरा यसअघि सात प्रदेशमा अभिलेख भइसकेको छ । अब बारा जिल्लामा पनि चरा फेला परेसँगै यसको भौगोलिक फैलावट नेपालका सातवटै प्रदेशमा पुष्टि भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

अवैध लागुऔषधसहित ११ जना पक्राउ

साहित्यिकार डौलियाका २० कृति विमोचन

दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे

विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौं- महामन्त्री बुर्लाकोटी

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ – पूर्वगृहमन्त्री गुरुङ

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ- परराष्ट्रमन्त्री

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति