पूर्वकुमारीको समूहलाई प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको दर्शन गराइयो
राष्ट्रिय समाचार समिति

जेष्ठ २५, २०८३

काठमाडौँ। आठ जना पूर्वकुमारीलाई चन्द्रागिरि भालेश्वर महादेवको दर्शन तथा अवलोकन गराइएको छ । चन्द्रागिरि नगरपालिकाको समन्वयमा प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको विधि विधानअनुसार पूजा, दर्शन तथा त्यस आसपास क्षेत्रका पर्यटकीयस्थलको आइतबार अवलोकन गराइएको हो ।

त्यसक्रममा कुमारी जात्रा व्यवस्थापन समिति, इन्द्र जात्रा व्यवस्थापन समिति, भैरव जात्रा व्यवस्थापन समितिका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको थियो । भ्रमण अवलोकनका साथै धार्मिक तथा आन्तरिक पर्यटनको विकासका विषयमा छलफलसमेत गरिएको थियो ।

उक्त प्रतिनिधिमण्डललाई चन्द्रागिरि केवलकार स्टेशनमा स्थानीयवासीले स्वागत गरेका थिए । यस वर्षको इन्द्रजात्रामा ऐतिहासिक इन्द्र दहमा लाग्ने मेलामा सहभागिता जनाउन कुमारीहरूलाई निमन्त्रणासमेत गरिएको कुमारी जात्रा व्यवस्थापन समितिका संयोजक गौतम रत्न शाक्यले जानकारी दिनुभयो । यस किसिमको भ्रमणले स्थानीय संस्कृति तथा मूल्यमान्यताको ज्ञान अभिवृद्धि र पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रत्येक वर्ष इन्द्रजात्राका अवसरमा दहमा लाग्ने मेलामा इन्द्रको पूजा गरिन्छ भने वसन्तपुरमा जीवित देवीका रूपमा कुमारीको पूजा तथा गणेश, कुमारी र भैरवको रथ जात्रा गरिन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

जलनबाट रावतको निधन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति