फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध
राष्ट्रिय समाचार समिति

जेष्ठ २५, २०८३

ललितपुर। जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा मान्छे हराउने, तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
घना जङ्गल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय तथा कलेजका विद्यार्थी एवं अन्य सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका सहायक प्रहरी उपरीक्षक गौतम मिश्रले एकवर्षमा फुल्चोकी क्षेत्रमा हराएका व्यक्तिसम्बन्धी छ वटा सूचना प्राप्त भएका र  सबैको सकुशल उद्धार गरिएको जानकारी दिनुभयो ।
गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले सार्वजनिक बिदामा फुल्चोकी भ्रमणमा आउनेको सङ्ख्या बढेको तर, फर्कने क्रममा छोटो बाटो प्रयोग गर्न खोज्दा धेरैजसो व्यक्ति हराउने गरेको बताउनुभयो ।
भ्रमणका क्रममा समूह वा गाइडसँग मात्र यात्रा गर्न, परिवार वा साथीभाइलाई जानकारी दिएर मात्र जान, अपरिचित छोटो बाटो प्रयोग नगर्न तथा मोबाइल फोन, खानेपानी र आवश्यक सामग्री साथमा राख्न समेत उहाँले आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात

रुवीभ्यालीको कालो र सेतो दह जाने पदमार्ग निर्माण

बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छ-अध्यक्ष श्रेष्ठ

नेपाल नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला हो- बेलायती राजदूत

धादिङको पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

हरित कर र लगानी बढाउन आग्रह

फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति