हरित कर र लगानी बढाउन आग्रह
राष्ट्रिय समाचार समिति

जेष्ठ २५, २०८३

काठमाडौँ। राजनीतिकर्मी, विज्ञ र सामाजिक क्षेत्रका प्रतिनिधिले जलवायु सङ्कटको चुनौतीको सामना र मुलुकको समृद्धिका लागि हरितकर लगानी विस्तारमा जोड दिएका छन् ।

सहारा नेपालद्वारा आज आयोजित जलवायु परिवर्तनसम्बन्धी ‘क्याइमाक्लेभ १।० ः शेयर द स्कोप, रेज द होप’ विषयक कार्यक्रममा विभिन्न वक्ताले जलवायु वित्त, लगानी, कार्बन बजार, हरित लगानी, समुदायमा आधारित जलवायु समाधान, दीगो विकास र नवप्रवर्तनलाई बहुपक्षीय सहकार्य गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रतिनिधिसभा सदस्य सुशील खड्काले आर्थिक वर्ष २०८३।०८४ को बजेटले ‘बिग डिपार्चर’ गरेको र अबको पाँचदेखि सात वर्षमा वार्षिक सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जलवायु सङ्कट समाधानका नीतिगत र कानूनीका पक्षमा सहकार्यको दायरा बढाउन आग्रह गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले अन्तरराष्ट्रिय जलवायु कोषको लगानीलाई नेपालमा बढाउनुपर्ने माग गर्नुभयो ।

ऊर्जा विज्ञ डा रामप्रसाद धितालले स्वच्छ एवं वैकल्पिक ऊर्जामा लगानी र प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । सहारा नेपालका महासचिव महेन्द्र गिरी र निर्देशक युवराज शिवाकोटीले जलवायु परिवर्तनको चुनौतीको सामनाका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार र समुदायसमेतको बहुपक्षीय सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात

रुवीभ्यालीको कालो र सेतो दह जाने पदमार्ग निर्माण

बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छ-अध्यक्ष श्रेष्ठ

नेपाल नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला हो- बेलायती राजदूत

धादिङको पत्रकारले पठाए प्रधानमन्त्रीलाई हस्ताक्षर

हरित कर र लगानी बढाउन आग्रह

फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति