धादिङबेसीका मासु पसलको अनुगमन, सुधार नगरे कानुनी कारबाही गरिने
पाविलन्युज

जेष्ठ २६, २०८३

धादिङ । धादिङको सदरमुकाम धादिङबेसीका मासु तथा माछा पसलहरूको आकस्मिक अनुगमन गरिएको छ ।

पशु सेवा कार्यालय धादिङ र नीलकण्ठ नगरपालिकाले संयुक्त अनुगमन गरिएको हो । अनुगमनका क्रममा बजारमा सञ्चालित ३५ वटा मासु तथा माछा पसलको निरीक्षण गरिएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद रिजालले जानकारी दिनुभयो ।

उपभोक्ताले खरिद गर्ने मासु तथा माछा ताजा, स्वस्थकर र सुरक्षित गर्ने उद्देश्यले अनुमगन गरिएको हो । स्वास्थ्य शाखा प्रमुख रिजालका अनुसार अनुगमनका क्रममा दर्ता नै नगरी सञ्चालन भएका पसल, मूल्यसूची नराखिएको र मासु काट्ने तथा भण्डारण गर्ने स्थानमा आवश्यक सरसफाइ नगरिएको पसललाई सुधार गर्न निर्देशन दिइएको छ ।

कैफियत भेटिएका पसलहरूलाई एक साताभित्र दर्ता प्रक्रिया पूरा गर्न, मूल्यसूची टाँस्न र सरसफाइमा सुधार गर्न भनिएको उहाँले जानकारी दिनुभयो । तोकिएको समयावधिभित्र पनि सुधार नगरे वा निर्देशनको अवज्ञा गरे कानुनबमोजिम पसल शिल गर्ने तथा जरिवानासहितको कानुनी कारबाही अघि बढाइने प्रमुख रिजालले बताउनुभयो ।

विगतका वर्षहरूमा गरिएका बजार अनुगमनका कारण धादिङबेसी क्षेत्रको मासु व्यवसायमा केही सकारात्मक र उत्साहजनक सुधारहरू पनि देखिएका छन् ।

अनुगमन टोलीमा राष्ट्रिय उपभोक्ता मञ्च तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीहरूको समेत सहभागि थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट

वन मासेर मेयरका बुबाको नाममा पार्क निर्माण, शक्ति र सत्ताको दुरुपयोग भन्दै सर्वत्र विरोध

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

शान्ति सुरक्षा र सुशासन मेरो पहिलो प्राथमिकताः प्रजिअ पाण्डे

धादिङबेसीका मासु पसलको अनुगमन, सुधार नगरे कानुनी कारबाही गरिने

रास्वपाको बागमती प्रदेश अधिवेशन सुरु

यो पनि पढ्नुहोस
पाविलन्युज