आज अन्तरराष्ट्रिय सभ्यताबीच संवाद दिवस मनाइँदै
राष्ट्रिय समाचार समिति

जेष्ठ २७, २०८३

काठमाडौँ। आज विश्वभर ‘सभ्यताबीच संवादसम्बन्धी अन्तरराष्ट्रिय दिवस’ मनाइँदैछ । विश्वमा बढ्दो द्वन्द्व, असमानता, अविश्वास तथा विकाससम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।
संयुक्त राष्ट्र महासभाले सन् २०२४ जुन ७ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष जुन १० लाई अन्तरराष्ट्रिय सभ्यताबीच संवाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । चीनद्वारा प्रस्तावित उक्त प्रस्तावलाई ८० भन्दा बढी देशहरूले समर्थन गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घका अनुसार सभ्यताबीचको संवादले भेदभाव, पूर्वाग्रह र गलत धारणाहरू हटाउन सहयोग पु¥याउँछ । साथै यसले विभिन्न राष्ट्र, संस्कृति र समुदायबीच विश्वास, समझदारी र मित्रवत् सम्बन्ध निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ । विश्व शान्ति, साझा विकास, मानव कल्याण र समृद्धिका लागि संवादलाई प्रभावकारी माध्यमका रूपमा लिइएको छ ।
यस अवसरमा सभ्यतागत विविधतालाई मानवजातिको साझा सम्पत्तिका रूपमा सम्मान गर्दै आपसी सहिष्णुता, सद्भाव र अन्तरसांस्कृतिक संवादलाई थप सुदृढ बनाउन विश्व समुदायलाई आह्वान गरिएको छ । संयुक्त राष्ट्रसङ्घले विविध सभ्यता र संस्कृतिबीचको सहकार्यले थप शान्तिपूर्ण, समावेशी र समृद्ध विश्व निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

जलनबाट रावतको निधन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति