अमेरिकी हेलिकप्टर इरानले खसालेपछि अमेरिकाले गर्‍यो इरानमाथि आक्रमण
पाविलन्युज

जेठ २७, २०८३

दुईमहिना लामो युद्ध विराम पछि प्रत्यक्ष रुपमा अमेरिका र इरान आमुनेसामुने भएका छन्। इरानले ‘स्ट्रेट अफ हर्मुज’ माथि उडिरहेको अमेरिकी हेलिकप्टर खसालेपछि जवाफमा अमेरिकाले पनि इरानको विभिन्न स्थानमा आक्रमण गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाइलट सुरक्षित रहेको जानकारी गराउँदै अमेरिकाले यो आक्रमणको जवाफ दिने बताएका थिए। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार मंगलबार साँझ ५ बजे (अमेरिकी पूर्वी समय) बाट इरानका विभिन्न सैन्य लक्ष्यहरूमा आक्रमण सुरु गरिएको हो। सेनाले यसलाई ‘इरानको अनुचित आक्रमणको समानुपातिक जवाफ’ भनेको छ।

हर्मुज जलडमरूमध्य नजिक खसालिएको अमेरिकी एएच-६४ अपाचे हेलिकोप्टरका दुई चालकलाई भने अमेरिकी नौसैनिक मानवरहित समुद्री ड्रोनले उद्धार गरेको सेनाले जनाएको छ। अमेरिकी सेनाले यस्तो प्रकारको ड्रोन प्रयोग गरेर उद्धार गरिएको सार्वजनिक रूपमा स्वीकारेको यो पहिलो घटना हो।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

मानव अधिकार आयोगको अपिल

यो पनि पढ्नुहोस
पाविलन्युज