प्रधानमन्त्रीले प्रतिनिधि सभामै आएर अभिव्यक्ति सच्याउन पर्छ : हर्क सम्पाङ
पाविलन्युज

जेष्ठ २७, २०८३

काठमाडौं। श्रम संस्कृति पार्टीका संसदीय दल नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले नै प्रतिनिधि सभामै उपस्थित भएर जबाफ दिनुपर्ने माग राखेका छन्।

लोकतन्त्रको मर्म नै प्रधानमन्त्री पदलाई जबाफदेही बनाउनु रहेको भन्दै साम्पाङले प्रधानमन्त्री बालेनले स्वयम्  आएर अभिव्यक्ति सच्याउनुपर्ने धारणा राखेका हुन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै एक जनाले गरेको गल्ती अरूले सच्याउने भन्ने नभएको बताए।

‘जुन खालको अभिव्यक्ति प्रधानमन्त्रीज्यूले दिनुभएको छ, त्यसलाई सच्याउनका निम्ति परराष्ट्रमन्त्रीज्यूको जबाफ यहाँ आउँछ रे भन्ने सुनिराखिएको छ। त्यसमा म लगायत हाम्रा श्रम संस्कृति पार्टीको यसमा सहमति छैन। जुन निर्णय भएको छ, यसप्रति हामी विरोध गर्छौं। यो प्रधानमन्त्री भन्ने पदलाई जिम्मेवार बनाउने कुरा हो। अरू केही होइन । उहाँ यहाँ आउन नहुने, उहाँले गर्नुभएको जुन गल्ती छ, त्यसलाई सच्याउन अरू मान्छे लागिदिनुपर्ने भन्ने कुरा न्यायसम्मत छैन संविधानसम्मत पनि छैन,’ उनले भने।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

जलनबाट रावतको निधन

यो पनि पढ्नुहोस
पाविलन्युज