काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक आज अन्तिम, धादिङमा आज विहानसम्म ८८५० पुग्यो
पाविलन्युज

जेष्ठ २८, २०८३

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने तोकिएको समयसीमा आज सकिँदै छ । धादिङ जिल्लाबाट आज विहानसम्म (समाचार तयार पार्दासम्म) ८ हजार ८ सय ५० जनाको अद्यावधीक भएको छ । अघिल्लो वर्ष १९ हजार ८ सय ३४ क्रियाशील थिए ।

नेपाली कांग्रेस श्रोतका अनुसार यस वर्ष कांग्रेसले स्थायी सरकारी सेवा सुविधा लिनेहरुको अध्यावधिक नगराएकोले संख्या घटेको हो । कांग्रेसले स्थायी शिक्षक र कर्मचारीहरुको क्रियाशील सदस्यता अद्यावधिक गराएको छैन ।

निर्धारित समयावधि जेठ २८ गते राति १२ बजेसम्म रहेको छ । क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ जना सदस्यमध्ये देशभर हालसम्म ४ लाख ५७ हजार ३६६ जनाले सदस्यता परिचय नम्बर प्राप्त गरिसकेका छन् । त्यस्तै १ लाख २४ हजार ७४८ जनाले स्वयं विवरण भरी अद्यावधिक प्रक्रियामा रहेका छन् ।

सम्बन्धित सबै क्रियाशील सदस्यलाई तोकिएको समयसीमा भित्र आफ्नो सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न कांग्रेसले आग्रह गरेको छ ।

आज तोकिएको समयसम्म क्रियाशील सदस्यता अद्यावधिक नगरेमा आगामी महाधिवेशनमा भाग लिन नपाइने काँग्रेसले स्पष्ट गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

जलनबाट रावतको निधन

यो पनि पढ्नुहोस
पाविलन्युज