जिल्ला प्रशासन कार्यालयमा धादिङ आज पनि पत्रकारको धर्ना
पाविलन्युज

जेठ २९, २०८३

धादिङ । धादिङका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय धादिङमा आज पनि धर्ना दिएका छन् ।सरकारी सूचना तथा विज्ञापन नीजि सञ्चार माध्यमले प्रकासन प्रशारण गर्न नपाउने नीति ल्याएसँगै देशभरका पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् । पत्रकारहरूले मिडियाविरोधी नीति फिर्ता लिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर्न माग गर्दै देशव्यापी धर्ना कार्यक्रम आयोजना गरेको हो ।

पछिल्लो समय सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण बढाउन खोजेकोले आन्दोलनमा उत्रिनु परेको महासंघका अध्यक्ष सीताराम अधिकारीले बताए । संसद बाहिरबाट कार्यदल बनाएर सरकारले संविधानले दिएका सबै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथी हस्तक्षेप गर्न खोजेको अधिकारीको आरोप छ ।

सञ्चार माध्यमलाई सूचना र सार्वजनिक विज्ञापनहरू प्रकाशन र प्रसारणमा रोक लगाएर सरकारले मिडियाको मुख थुन्ने प्रयास गरेको पत्रकारहरुको भनाई छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा, दुई लाख जरिवाना

इन्जिनियर कुटेर फरार हुने मल्ल पक्राउ, अनुसन्धानका लागि ६ दिनको म्याद थप

खानेपानीको पाइप बिछ्याउन भत्काएको सडक महिनैदेखि अलपत्र

बैशाख र जेठमा धादिङबाट १४१७ राहदानी वितरण

ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

आइतबार पनि खुला रहने नेपाल आँखा अस्पताल

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

यो पनि पढ्नुहोस
पाविलन्युज