धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले पछिल्लो दुई महिनामा एक हजार चार सय १७ ओटा राहदानी वितरण गरेको छ ।
नयाँ वर्ष २०८३ सालको सुरुवाती दुई महिनामा एक हजार चार सय ९७ ओटा फारम संकलन गएकोमा एक हजार चार सय १७ राहदानी सेवाग्राहीलाई वितरण गरेको हो ।
बैशाख महिनामा छ सय ९४ ओटा राहादानी फारम संकालन भएकोमा सात सय ७७ ओटा राहादानी वितरण गरिएको र जेठ महिनामा आठ सय तीन ओटा फारम संकालन भएकोमा छ सय ४१ ओटा विवरण गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । बैशाख र जेठ महिनामा गरी ४० ओटा नाबालक राहदानी वितरण भएको छ ।
पछिल्लो दुई महिनामा संकलन भएको एक हजार चार सय ९७ ओटा राहादानी मध्ये ९८ ओटा राहादानी हुलाक मार्फत वितरण भएको छ । संघीय सरकारले नागरिकको घरघरमै राहदानी पु¥याउनेगरी व्यवस्था मिलाउन निर्देशन गरेको र जिल्ला प्रशासन कार्यालयले पनि घरघरमै राहदानी पु¥याउने सेवा सुरु गरेको भनिएपनि तथ्यांक अनुसार घरघरमै राहदानी लिनेको संख्या न्यून देखिएको छ ।