खानेपानीको पाइप बिछ्याउन भत्काएको सडक महिनैदेखि अलपत्र
गंगा सुनार

जेठ २९, २०८३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेसीस्थित एमालेचोकमा खानेपानीको पाइपलाइन बिछ्याउन भत्काइएको सडक महिनैदेखि अलपत्र बनेको छ ।

नगर क्षेत्रभित्र खानेपानीको पाइपलाइन विस्तार गर्ने क्रममा भत्काइएको सडक मर्मत नगर्दा स्थानीय बासिन्दा र यात्रुहरू सास्ती व्यहोर्न बाध्य भएका छन् ।

पाइपलाइन बिछ्याउने काम सकिए पनि सडकको मर्मत सम्भार नगरिएका कारण अहिले यस स्थानमा सवारी साधन आवतजावत गर्न कठिन भएको छ । नीलकण्ठ नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा नै स्थानीयहरुले सडक मर्मत नभएको र नागरिकले सास्ती भोग्नु परेको कुरा उठाएर तत्काल मर्मत गर्न माग गरेको भएपनि अहिलेसम्म सरोकारवालाको ध्यान पुगेको छैन ।

एमाले चोक नीलकण्ठ नगरपालिकाकै एक प्रमुख र व्यस्त व्यापारिक केन्द्र हो । सडकको यस्ता अवस्थाका कारण विशेषगरी साना सवारी साधनहरू सञ्चालन गर्न सकस भइरहेको छ यसले गर्दा सवारी दुर्घटनाको जोखिम बढिरहेको छ ।

सडक भत्काएर त्यसै छोडिदिँदा सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको छ । सडक मर्मत नहुँदा घाम लागेको समयमा धुलो उडेर वरपरका पसल धुलाम्मे हुने, पानी परेको बेला सडक हिलाम्मे हुने गरेको स्थानीय ईश्वरी कोइरालाले बताए ।

हिलो र खाल्डाखुल्डीका कारण पैदलयात्रीहरूलाई बाटो हिँड्न समेत नसकिने अवस्था सिर्जना हुने गरेको छ । विकासको नाममा खनिएको सडक समयमै पुननिर्माण नगरिँदा एमाले चोक क्षेत्रको व्यापार व्यवसायमा समेत नकारात्मक असर परेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा, दुई लाख जरिवाना

इन्जिनियर कुटेर फरार हुने मल्ल पक्राउ, अनुसन्धानका लागि ६ दिनको म्याद थप

खानेपानीको पाइप बिछ्याउन भत्काएको सडक महिनैदेखि अलपत्र

बैशाख र जेठमा धादिङबाट १४१७ राहदानी वितरण

ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

आइतबार पनि खुला रहने नेपाल आँखा अस्पताल

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

यो पनि पढ्नुहोस
गंगा सुनार