सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा, दुई लाख जरिवाना
राष्ट्रिय समाचार समिति

जेठ २९, २०८३

काठमाडौँ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु दुई लाख एक हजार जरिवाना गरेको छ ।
विभागले आज गरेको अनुगमनका क्रममा सो क्यान्टिनमा घुन लागेको १७ किलो चनाको दाल, ओसिएको ११ किलो नेपाली बदाम र १४ वटा फुटेको अण्डा भेटिएको थियो । विभागको टोलीले रु छ हजार पाँच सय ६० बराबरका ती अखाद्य वस्तु नष्ट गरेको छ ।
उक्त क्यान्टिन जि एण्ड बि क्याफे ग्रुपले सञ्चालन गर्दै आएको थियो ।
विभागले आजै भक्तपुरको चाँगुनारायण नगरपालिका–३ स्थित जय छुमा गणेश शुद्ध खानेपानी प्रालिलाई खरिद बिल नराखेको पाइएपछि रु १० हजार जरिवाना गरेको छ । आज उपत्यकाका १२ वटा फर्म तथा व्यापारिक संस्थाको अनुगमन गरिएको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा, दुई लाख जरिवाना

इन्जिनियर कुटेर फरार हुने मल्ल पक्राउ, अनुसन्धानका लागि ६ दिनको म्याद थप

खानेपानीको पाइप बिछ्याउन भत्काएको सडक महिनैदेखि अलपत्र

बैशाख र जेठमा धादिङबाट १४१७ राहदानी वितरण

ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

आइतबार पनि खुला रहने नेपाल आँखा अस्पताल

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति