फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले सुखद विजयी सुरुवात गरेको छ । पहिलो खेलमा ट्रर्कीलाई २–० पराजित गर्दै अस्ट्रेलियाले विजयको पाइला अघि सारेको हो ।
अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले एकएक गोल गरे । खेलको २७औँ मिनेटमा नेस्टोरीले गोल गर्दै अस्ट्रेलियालाई पहिलो अग्रता दिलाएका थिए ।
७५ औँ मिनेटमा अस्ट्रेलियाका कोनरले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । ६खेलका क्रममा टर्कीले दुई दर्जन बढी अवसर पाएको थियो । तर, सफल भएन ।
यो जितसँगै अस्ट्रेलिया समूह ‘डी’ मा ३ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । उक्त समूहमा समान ३ अङ्क रहेको आयोजक अमेरिका गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । टर्की र पाराग्वे अङ्कविहीन छन्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0