धादिङ । नेकपा एमालेको ‘मिसन जागरण अभियान’ अन्तर्गत धादिङका १३ वटै पालिकामा केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकिएको छ ।
आगामी निर्वाचनलाई लक्षित गरी सञ्चालन हुन लागेको यस अभियानका लागि एमालेले धादिङका स्थानीय तहहरूमा नेताहरूको कार्यविभाजन गरेको हो ।
पार्टीका विभाग प्रमुख निरज आचार्यका अनुसार यो अभियानमार्फत नेताहरू सिधै जनस्तरमा पुग्नेछन् । ’जनतामा जाऔँ, जनताका कुरा सुनौँ’ भन्ने मूल नाराका साथ सुरु गरिएको यस अभियानमा नेताहरूले विगतको निर्वाचनमा भएको हारको समीक्षा गर्ने, कार्यकर्ताको निराशालाई चिर्ने र पार्टीको भावी नीतिबारे स्पष्ट पार्ने जिम्मेवारी पाएका छन् ।
यस पटक एमालेले परम्परागत प्रचार शैलीभन्दा फरक डिजिटल संगठन, ‘अल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’ (भ्रम निवारण र धारणा व्यवस्थापन) मा विशेष जोड दिन कार्यकर्ताहरूलाई निर्देशित गरेको छ ।
पालिकागत जिम्मेवारी विवरण
- धुनिबेसी नगरपालिकाः भुमि त्रिपाठी
- नीलकण्ठ नगरपालिकाः जानुका सिंखडा
- गजुरी गाउँपालिकाः भूमि त्रिपाठी
- गल्छी गाउँपालिकाः डा. पुष्पराज कँडेल
- बेनिघाट रोराङ गाउँपालिकाः डा. पुष्पराज कँडेल
- सिद्धलेक गाउँपालिकाः भूमि त्रिपाठी
- ज्वालामुखी गाउँपालिकाः क्रान्ति बुर्लाकोटी
- रुवी भ्याली गाउँपालिकाः धनबहादुर घले
- नेत्रावती डबजोङ गाउँपालिकाः खेमप्रसाद लोहनी
- खनियाबास गाउँपालिकाः धनबहादुर घले
- त्रिपुरासुन्दरी गाउँपालिकाः खेमप्रसाद लोहनी
- थाक्रे गाउँपालिकाः भूमि त्रिपाठी
- गंगाजमुना गाउँपालिकाः क्रान्ति बुर्लाकोटी
