विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको जित
राष्ट्रिय समाचार समिति

असार १, २०८३

काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले ट्युनिसियामाथि जित निकालेको छ ।
मेक्सिकोको मोन्टेरे रङ्गशालामा आज भएको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५-१ गोलको जित निकालेको हो । स्वीडेनका लागि यासिन अयारीले दुई गोल गर्दा अलेज्यान्डर इसाक, भिक्टोर ग्योकेरेस र माथिएस स्भानवर्गले समान एकरएक गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले एक गोल फर्काए ।
खेल सुरुआती सातौँ मिनेटमा यासिन अयारीले गोल गर्दै स्वीडेनलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३०औँ मिनेटमा अलेज्यान्डरले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । खेलको पहिलो हाफको ४३ औँ मिनेटमा  ट्युनिसियाका ओमारले एक गोल फर्काए ।
यसैगरी खेलको ५९औँ मिनेटमा भिक्टोरले स्वीडेनका लागि तेस्रो गोल गरे । खेलको ८६औँ मिनेटमा स्वीडेनका लागि माथिइस स्भानवर्गले एक गोल थपे । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा यासिनले व्यक्तिगत दोस्रो तथा टोलीको लागि पाँचौँ गोल गरेपछि स्वीडेनले ट्युनिसियमाथि ५(१ गोलको जित निकाल्यो ।
जितपछि स्वीडेनले शीर्ष तीन अङ्क जोडेको छ । समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २(२ को बराबरी खेल्दै समान एकरएक अङ्क बाँडेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बागमतीको बजेट ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार

राष्ट्रियसभामा बजेटमाथि छलफल  स्  बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक

लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति