अब बर्खामा पनि रुवीभ्याली–धादिङबेसी आउजाउ सहज हुने
गंगा सुनार

असार २, २०८३

धादिङ । पुन नहुँदा बर्खा सुरु हुनासाथ सदरमुकामसँग सम्पर्क टुट्ने धादिङको विकट रुवीभ्यालीका नागरिकले यो वर्षबाट बाहै्र महिना आउजाउ गर्न सक्ने भएका छन् ।

आदाखोलामा निर्माणाधीन बेलिब्रिजको काम अन्तिम चरणमा पुगेसँगै स्थानीयलाई राहत मिल्ने भएको हो । रुवीभ्याली गाउँपालिका वडा नं. २ र ३ को सिमानामा पर्ने आदाखोलामा निर्माणाधीन बेलिब्रिज अब केही दिनमा संचालनमा आउने रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले जानकारी दिए । पुन निर्माणले वर्षौँदेखि सास्ती हटेको तामाङले बताए ।

अब जस्तोसुकै भीषण बर्खामा पनि स्थानीय बासिन्दा र सवारीसाधनलाई सदरमुकाम धादिङबेसी आउजाउ गर्न कुनै अवरोध हुने छैन । बर्खामा खोला तर्न नसकेर आउजाउ नै बन्द हुने स्थानमा पुन निर्माण गरिएपछि त्यस क्षेत्रका नागरिक पनि हर्सित भएका छन् ।

बर्खामा सडक सञ्जाल ठप्प हुँदा बिरामीलाई समयमै स्वास्थ्य संस्थामा लैजान, विद्यार्थीलाई विद्यालय पुग्न र किसानलाई आफ्ना कृषि उपज बजारसम्म पु¥याउन अनेक कठिनाइ झेल्नुपथ्र्यो । यो वर्ष पुल निर्माण सम्पन्न हुन लागेपछि अब बर्खामा पनि सदरमुकाम धादिङबेसीसँगको सम्पर्क नटुट्ने र दैनिक उपभोग्य सामग्रीको ढुवानी सहज हुने भएपछि स्थानीय बासिन्दा ढुक्क भएका छन् ।
पुल बनेपछि अब बर्खामा खोला थुनिएर बस्नुपर्ने बाध्यता हट्ने र गाउँमै बसेर कृषि तथा व्यापार व्यवसायलाई अगाडि बढाउन सजिलो हुने स्थानीय राज तामाङले बताए ।

यो सडक खण्ड तिप्लिङ, परु, लत्तु, लिङजो र पाङ्साङपास हुँदै छिमेकी देश चीनको रसुवागढी नाकासम्म पुग्ने रणनीतिक महत्वको मार्ग हो । पुल निर्माण क्षेत्रको स्थलगत अनुगमन गर्दै गाउँपालिकाका अध्यक्ष तामाङले बाँकी रहेका प्राविधिक कामहरू तीव्र गतिमा भइरहेको जानकारी दिए । अनुगमनका क्रममा अध्यक्ष तामाङले निर्माण कार्य सन्तोषजनक रहेको र तोकिएको समयभित्रै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन् ।

प्राकृतिक रूपमा अत्यन्तै सुन्दर र पर्यटकीय सम्भावना बोकेको रुवीभ्याली क्षेत्रमा यो पुल बनेपछि पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

दुई थान भरुवा बन्दुकसहित गोलाभञ्ज्याङ र पाल्पाभञ्ज्याङका दुईजना पक्राउ

अब बर्खामा पनि रुवीभ्याली–धादिङबेसी आउजाउ सहज हुने

स्वास्थ्यमन्त्री मेहतासँग कोरियाका राजदूतको भेटवार्ता

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन

निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार

यो पनि पढ्नुहोस
गंगा सुनार