विश्वकप फुटबलःमेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
राष्ट्रिय समाचार समिति

असार ३, २०८३

काठमाडौँ। कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै फिफा विश्वकप– २०२६ को आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको छ ।

अमेरिकाको कान्सास सिटी रङ्गशालामा आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

साविक विजेता अर्जेन्टिनाका लागि कप्तान मेसीले यस सिजनको पहिलो ह्याट्रिक पूरा गरेका हुन् । यस सिजनको यसअघिका खेलहरूमा कुनै पनि खेलाडीले ह्याट्रिक पूरा गर्न सकेका छैनन् ।

मेसीले खेलको पहिलो हाफको १७औँ मिनेटमा अर्जेन्टिनाका लागि पहिलो गोल गरे । त्यस्तै खेलको ६०औँ मिनेटमा दोस्रो तथा खेलको ७६औँ मिनेटमा ह्याट्रिक पूरा गरे । जितसँगै समूह ‘जे’मा रहेको अर्जेन्टिनाले तीन अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार छ सय टावर निर्माण गरिने

सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको भेट

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन

विश्वकप फुटबलःमेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

आजको मौसम : पहाडी भूभागमा बादल लाग्ने, तराईका केही स्थानमा तातो दिन हुने

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति