ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
राष्ट्रिय समाचार समिति

असार ३, २०८३

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ५३५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ७७ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १०६ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३८ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८१, निषेधित क्षेत्रमा हर्न बजाउने १४१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६०९ जनालाई कारबाही गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको भेट

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन

विश्वकप फुटबलःमेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

आजको मौसम : पहाडी भूभागमा बादल लाग्ने, तराईका केही स्थानमा तातो दिन हुने

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित

दुई थान भरुवा बन्दुकसहित गोलाभञ्ज्याङ र पाल्पाभञ्ज्याङका दुईजना पक्राउ

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति