धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब २४ करोड ८८ हजार रुपौयाँको बजेट सार्वजानिक गरेको छ ।
बिहीबार बसेको नगरसभाको १९औँ अधिवेशनमा उपप्रमुख दिपक विश्वकर्मा बजेट प्रस्तुत गर्नुभएको हो । सेवा प्रवाहलाई प्रभावकारी बनाउने, विकास निर्माणका कार्यलाई तीव्रता दिने तथा स्थानीय नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको उपप्रमुख विश्वकर्माले बताउनुभयो ।
बजेटअनुसार चालु खर्चतर्फ ८७ करोड २७ लाख ५३ हजार रुपैँया छुट¥याइएको छ भने पुँजीगत खर्चतर्फ ३६ करोड ७३ लाख ३५ हजार रुपौया विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को भन्दा आगामी आर्थिक वर्षका लागि प्रस्तावित वजेटमा १ करोड ७ लाख ८३ हजार रुपैयाँ बढी हो ।
चालु खर्चतर्फ शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा, सामाजिक सुरक्षा तथा अन्य नियमित कार्यक्रम सञ्चालन गरिने, पुँजीगत बजेटमा भने सडक, खानेपानी, सिँचाइ, भवन निर्माण पर्यटन प्रवद्घन तथा अन्य पूर्वाधार विकासका योजनामा बजेट विनियोजन भएको छ ।
प्रस्तावित बजेटमा निःशुल्क शिक्षादेखि पक्की सडकसम्म समेटिएको नगर उपप्रमुख दिपक विश्वकर्माले जानकारी दिनुभयो । नगरसभामा प्रस्तृत बजेटमाथि सदस्यहरुबीचको छलफल हुन बाँकी छ । छलफलपछि आवश्यक सुझाव तथा संशोधन समेटर बजेट अनुमोदन गरीने नगरपालिकाले जनाएको छ ।
