विद्युतीय राहदानी छपाई प्रकरणमा सांसदको चासो
सम्बाददाता

असार ५, २०८३

काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरुले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा चासो व्यक्त गर्नुभएको छ ।
सभाको आजको बैठकको प्रारम्भमै विपक्षी दलका सबै सांसद आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खडगबहादुर बुढालाई बोल्न समय दिनुभएको थियो । सांसद बुढाले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका बारेमा स्पष्ट पार्न माग गर्नुभयो । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले विद्युतीय राहदानी छपाईसम्बन्धी प्रकरणमा सरकारको जवाफ माग गर्नुभयो ।
नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले उपकुलपति छनोट प्रक्रियालाई राजनीतिक प्रभावमुक्त बनाउन माग गर्दै विश्वविद्यालयको स्वायत्ततालाई कमजोर पार्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले दुई देशबीचको सीमाका सम्बन्धमा गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिका विषयमा असहमति जनाउनुभयो ।
श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले राजनीतिज्ञमा नैतिकता र जवाफदेहिता आवश्यक पर्ने बताउँदै रक्षा मन्त्रालयको बजेटको किताब आफूले हेर्न नपाएको गुनासो गर्नुभयो । उहाँले भारतको पटनामा नेटवर्किङका नाममा नेपाली नागरिक बन्धक बनाईएको भनिएको सार्वजनिक समाचारका बारेमा स्पष्ट पार्न सरकारसँग माग गर्नुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन

बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल

अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगितामा नीलकण्ठ बहुमुखी क्याम्पस प्रथम

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

विभिन्न मितिमा भएका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

यो पनि पढ्नुहोस
सम्बाददाता