विभिन्न मितिमा भएका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
सम्बाददाता

असार ५, २०८३

काठमाडौँ। सरकारले विभिन्न मितिका मन्त्रिपरिषद् बैठकबाट भएका १५० निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत वैशाख र जेठ महिनामा बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
मन्त्री पोखरेलका अनुसार सरकारले जेठ २९ गते राष्ट्रिय परिचय व्यवस्थापन प्रणाली (एबिआइएस) को लाइसेन्स क्षमता विस्तार गर्न स्वीकृति दिएको थियो । त्यस्तै, मध्य भोटेकोसी जलविद्युत आयोजनालाई वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सट्टाभर्ना जग्गा उपलब्ध गराउने अवधि थप गर्न पनि स्वीकृति प्रदान गरिएको छ ।
यसअघि जेठ २६ गतेको बैठकले १६ वटा विभिन्न निर्णय गरेको थियो । तीमध्ये नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक सिफारिससम्बन्धी मापदण्ड, २०८३ स्वीकृत गरिएको छ । साथै, नेपाल पर्यटन, होटेल तथा पर्वतीय प्रतिष्ठानसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरिएको छ । मानव शरीर जलन नियन्त्रण तथा सजाय सम्बन्धी विधेयक तर्जुमाका लागि समेत सिद्धान्त स्वीकृति प्रदान गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
साथै जेठ १९ गतेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि गृहमन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । साथै, आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने निर्णय पनि गरिएको छ ।
त्यसै गरी, जेठ ५ गतेको बैठकले निजामती कर्मचारी कल्याणकारी कोष (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको थियो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत ९७७ पद स्वीकृत गर्नुका साथै भूमि सम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ तथा बालबालिका सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन

बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल

अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगितामा नीलकण्ठ बहुमुखी क्याम्पस प्रथम

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

विभिन्न मितिमा भएका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

‘यौन हिंसामा परेका महिलाको हकअधिकार र न्याय सुनिश्चित गरिनुपर्छ’

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

यो पनि पढ्नुहोस
सम्बाददाता